धनगढीको रुमिना क्लिनिकमा असोज १७ र १८ गते वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्माद्वारा विशेष परामर्श र स्वास्थ्य सेवा प्रदान गरिने

धनगढी । कैलालीको धनगढीस्थित रुमिना विशेषज्ञ क्लिनिक एण्ड फार्मेसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्माले आगामी असोज १७ र १८ गते (शनिबार र आइतबार) विशेष स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन ।

काठमाडौँस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र तथा वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शर्माले धनगढीमै पुगेर मुटुसम्बन्धी समस्या भएका बिरामीहरूलाई परामर्श तथा उपचार सेवा दिन हुन ।डा. शर्मा internal Medicine (PGI, Chandigarh) मा MBBS, MD हुन भने उनले DM Cardiology गरेका छन ।

उपलब्ध स्वास्थ्य सेवाहरू:

  • मुटुको रोगसम्बन्धी सम्पूर्ण जाँच तथा उपचार

  • मुटुको भिडियो एक्स-रे (ECHO) सेवा

  • मुटुको ECG सेवा

  • छाती दुख्ने, मुटु ढुकढुक गर्ने जस्ता समस्याको उपचार

  • मुटुको अप्रेशन गरिएका बिरामीहरूलाई विशेष परामर्श

  • ल्याब सेवा (रक्त परीक्षण, पिसाब परीक्षण) तथा आवश्यकता अनुसार X-Ray सेवा

विशेष छुट सेवा: शिविर/परामर्श अवधिभर मुटुको भिडियो एक्स-रे (ECHO) र ECG सेवा विशेष रूपमा उपलब्ध गराइने क्लिनिकले जनाएको छ।

स्थान तथा समय:

  • स्थान: धनगढी-१, द्वारिका भवनको माथिल्लो तला (सेती प्रादेशिक अस्पतालको गेट अगाडि)

  • समय: असोज १७ र १८ गते (शनिबार र आइतबार), दिनभरि

  • सम्पर्क/सल्लाहका लागि: 091-525746

मुटुसम्बन्धी कुनै पनि समस्या वा परामर्शका लागि अग्रिम नाम दर्ता गराई सेवा लिन क्लिनिक प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top