नेपाली कांग्रेसको १५औँ महाधिवेशन : प्रदीप पाठकद्वारा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि युवानेता प्रदीप पाठकले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन । केहिबेर अगाडि सामाजिक सञ्जाल मार्फत उनले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन ।

पार्टीको आदर्श ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई आत्मसाथ गर्दै युवा पुस्ताको प्रतिनिधित्व, पार्टी सुदृढीकरण र सांगठनिक रूपान्तरणका लागि आफूले उम्मेदवारी दिएको पाठकले बताएका छन ।

लामो समयदेखि पार्टीका विभिन्न तह र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका पाठकले कैलाली क्षेत्र न.५ को प्रवक्ताको रुपमा पनि काम गरिसकेका छन । पार्टीभित्र नवप्रवर्तन, युवा सहभागिता र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक तथा अग्रज नेताहरूबाट सहयोग र अमूल्य मत पाउनेमा आफू विश्वस्त रहेको पाठकले बताए ।

निर्वाचन समितिको कार्यतालिका अनुसार असोज १२ गते धनगढीमा क्षेत्रीय कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि (३४ जना), प्रदेश सभा कार्यसमिति र ३३ जना महाधिवेशन प्रतिनिधिको चयन हुनेछ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top