नेपाली कांग्रेस कैलाली क्षेत्र न. ५ ‘ख’ को सभापतिका लागि युवा नेता कलेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन । केहिबेर अगाडि सामाजिक सञ्जालमार्फत शाहीले आफू क्षेत्र न. ५ ख को नेतृत्वका लागि तयार रहेको बताएका छन ।

१४औं महाधिवेशनमा निर्वाचित हुँदै सोहि क्षेत्रमा सचिव पदको जिम्मेवारी सम्हालिसकेका शाही लामो समयदेखि कांग्रेसमा क्रियाशिल छन । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदो असोज १५ देखि १९ गतेसम्म काठमाण्डौंमा आयोजना हुँदैछ ।त्यसअघि गत असोज ३ गतेदेखि वडा,नगर र क्षेत्रहरुको अधिवेशन भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?