नेपाली कांग्रेस कृष्णपुर नगर सभापतिमा काशीराम भाट निर्वाचित भएका छन । बुधबार सम्पन्न नगरअधिवेशनबाट भाट सर्वसम्मत निर्वाचित भएका हुन । वडा न. २ का निवर्तमान वडा सभापति रमेश भाट पनि ईच्छुक देखिएपनि पछि भाटको नाममा सहमति भएको हो । उपसभापतीमा धर्म वहादुर सिंह निर्वाचित भएका छन ।

लामो सकयदेखि कांग्रेसमा कृयाशिल रहेका भाट तत्कालिन रैकवार विचवा गाविस हुँदा पार्टी सचिव र सभापतिको जिम्मेवारी सम्हालिसकेका छन भने पछि कृष्णपुर र रैकवार मर्जरहुँदा उपसभापति बनेका थिए । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदो असोज १५ देखि १९ गतेसम्म काठमाण्डौंमा आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?