नेपाली यू-१९ महिला क्रिकेट टोलीको तयारी तीव्र, विश्वकपलाई लक्षित गरेर नियमित कडा अभ्यास गर्दै खेलाडी

आईसीसी यू–१९ महिला टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाली युवा महिला क्रिकेट टोलीको तयारीलाई तीव्रता दिइएको छ। खेलाडीहरू नियमित प्रशिक्षणसँगै आफ्नो खेल कौशल निखार्न मैदानमा व्यस्त छन्। नेपाली यू–१९ महिला टोलीका लागि आगामी समय महत्वपूर्ण छ। नेपालले सन् २०२७ मा बंगलादेशसँगै आईसीसी यू–१९ महिला टी–२० विश्वकप सहआयोजना गर्दैछ। त्यसैले घरेलु मैदानमा हुने विश्वस्तरीय प्रतियोगिताका लागि खेलाडीको क्षमता विकास, टिम संयोजन र प्रतिस्पर्धात्मक तयारीमा जोड दिइएको छ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार नेपाली यू–१९ महिला टोलीको नेतृत्व हाल पूजा महतोले गरिरहेकी छन् भने महेशप्रसाद रिजाल मुख्य प्रशिक्षक छन्। टोलीमा ब्याटिङ, बलिङ, फिल्डिङ तथा खेल रणनीतिमा केन्द्रित प्रशिक्षण भइरहेको छ।

यसै वर्ष मलेसियामा सम्पन्न एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो। समूह चरणमा कतारलाई १०५ रन र सिंगापुरलाई १५१ रनले पराजित गरेको नेपालले क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले हराउँदै एसीसी यू–१९ महिला एसिया कपमा समेत स्थान बनाएको थियो।

 

Photo : Can अब नेपाली युवा टोलीको मुख्य ध्यान आगामी अन्तर्राष्ट्रिय चुनौतीतर्फ छ। नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप बंगलादेशसँग संयुक्त रूपमा आयोजना गर्दैछ। त्यसका लागि खेलाडीको क्षमता विकास, टिम संयोजन र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने कामलाई प्राथमिकता दिइएको छ। विश्वकपलाई ध्यानमा राख्दै नेपालका क्रिकेट मैदान तथा पूर्वाधारमा समेत सुधारको काम भइरहेको छ। कीर्तिपुर र मुलपानीका मैदानमा पिच तथा आउटफिल्ड सुधारको काम अघि बढाइएको छ। 
Photo : Can / Sabitri Dhami

घरेलु मैदानमा हुने विश्वकपमा ऐतिहासिक प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली यू–१९ महिला खेलाडीहरू अहिलेबाटै पसिना बगाइरहेका छन्। युवा खेलाडीको यो तयारीले नेपाली महिला क्रिकेटको आगामी पुस्ताप्रति पनि ठूलो अपेक्षा जगाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top