२०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ।

नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलसँग खेल्नेछ। समूह ए मा रहेको नेपाल आयोजक जापान र इण्डोनेसियासँग ३ – ० को सोझोे सेटमा पराजित भएको थियो भने वर्गीकरण खेलमा नेपालले काज्किस्तानलाई ३ – ० को सोझो सेटमा पराजित गरेको थियो ।