एसियन पेण्टस् यु-१८ अन्तर विद्यालय फुटबल प्रतियोगीतामा पुरुष तर्फ कञ्चनपुरको एसपिएल एकेडेमी र महिलातर्फ कञ्चनपुरकै जीवन ज्योति माध्यमिक विद्यालय च्याम्पियन

एसियन पेण्टस् यु-१८ अन्तर विद्यालय फुटबल प्रतियोगीतामा पुरुष तर्फ कञ्चनपुरको एसपिएल एकेडेमी र महिलातर्फ कञ्चनपुरकै जीवन ज्योति माध्यमिक विद्यालय च्याम्पियन भएका छन ।


सोमबार धनगढी रंगशालमा सम्पन्न उक्त फुटबल प्रतियोगीताको फाइनलमा पुरुषतर्फ एसपिएल एकेडेमीले मिलन विद्या निकेतनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो भने महिलातर्फ कञ्चनपुर जिल्लाकै श्री जीवन ज्योति माध्यमिक विद्यालयले फाइनलमा सिद्धार्थ माध्यमिक विद्यालयलाई ५–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीका अध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी राघवेन्द्र कार्कीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकको प्रमुख अतिथिमा युवा व्यवसायी तथा निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त रहेका थिए ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य तथा सुदूरपश्चिम फुटबल संघका महासचिव कासीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, बालरोग विशेषज्ञ डा.प्रदिप मिश्र,गोल्ड मेडलिस्ट तथा पूर्व राष्ट्रिय उसु खेलाडी श्याम बिष्ट, बास्केटबल संघका केन्द्रीय सदस्य तथा प्रदेश संघका उपाध्यक्ष लोकेन्द्र सिंह, कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल, पूर्व राष्ट्रिय फुटबल खेलाडी ज्योतिमान श्रेष्ठ, पूर्व राष्ट्रिय फुटबल खेलाडी ललित चन्द, पूर्व राष्ट्रिय फुटबल खेलाडी भोज पडाल, पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेम क्षेत्री लगायत खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विजेता महिला तथा पुरुष टोलीलाई निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तका तर्फबाट जनही रु। ११,००० तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दको तर्फबाट जनही रु। ५,००० नगद पुरस्कार प्रदान गरिएको थियो। अब दुवै विजेता टोलीले सातै प्रदेशका विजेता टोलीसँग राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन । यस प्रतियोगिताले सुदूरपश्चिमका विद्यालयस्तरीय खेलाडीलाई राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर मिलेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top