२०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ । जापानको तोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गर्यो ।

८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् । नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनीज ताइपेइ छ । अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?