सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मा सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए ।

२०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुनेछन् । प्रधानन्यायाधीश नियुक्त भएमा शर्माले ६ वर्षको सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?