२३ श्रावण,२०८२ : बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्किने क्रममा पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार विप्लब मन्दिरबाट करिब एक घण्टाको दूरीमा तल झर्दा करिब ७ सय मिटर तल खोचमा खसेका थिए।

प्रहरीले शव निकाल्ने कार्य शुरू गरेको छ। विप्लब हाल गोकर्णश्वर–५ काठमाडौंमा बस्दै आएका थिए र राति नै दर्शन गरेर फर्कने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ। बडिमालिका शक्तिपिठमा आज साउन २३ गते पूजा कार्यक्रम जारी रहेको छ भने बुढीनन्दामा पनि पूजा सुरु भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?