भीपीएन प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

२१ भाद्र,धनगढीः नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ।सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो।


भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भएकाले त्यसो नगर्न ब्युरोले सचेत गराएको छ। सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि नेपाल बाहिरको लोकेसन प्रयोग गरेर भीपीएनमार्फत प्रयोगकर्ताहरू सक्रिय हुने देखेपछि ब्युरोले सचेत गराएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top