लिला भट्ट नेपाली कांग्रेस धनगढी नगर उपसभापतिमा ‘वेम्यान अफ दी इलेक्सन’ हुँदै जिजयी

नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका नगर महिला उपसभापतिमा ३४१ मतका साथ लिला कुमारी भट्ट निर्वाचित भएकी छन । उनले सम्पन्न निर्वाचनमा सर्वाधिक मत ल्याउँदै ‘वेम्यान अफ दी इलेक्सन’ बनेकी छन । उनका प्रतिस्पर्धी यमुनाकुमारी पाण्डे भट्टले १५२ मत प्राप्त गरिन । उपसभापति पुरुषतर्फ श्यामप्रसाद श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सभापतिमा गजेन्द्र सिंह विजयी भएका छन । विहीबार भएको मतदानमा २८१ मतका साथ सिंह विजयी भएका हुन । उनका प्रतिस्पर्धी मोहनराज ओझाले २६६ मत प्राप्त गरे । सचिवमा कमल राज पनेरु जिजयी भएका छन । उनले ३११ मत ल्याएर जित हाँसिल गरेका हुन । गर्दा उनका प्रतिस्पर्धी सन्तोष कुँवरले १८४ मत प्राप्त गरे ।

नगर अधिवेशनबाट चयन हुने पुरुषतर्फ दुई जना जिल्ला सदस्यका लागि आठ जनाको उम्मेदवारी परेकोमा दिपेन्द्र बहादुर सिह १८२ मत  र देबराज जोशी १७९ मत प्राप्त गरि विजयी भएका छन । तीन जना जिल्ला सदस्य मध्ये महिला सदस्यमा पार्वती भट्ट जोशी यसअघि नै निर्विरोध निर्वाचित भएकी छन् ।

धनगढी उपमहानगरपालिकाका १९ वटाबाट आएका ६ सय ८ जना क्षेत्रीय प्रतिनिधिले नगर नेतृत्व चयनका लागि मतदानमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top