१४ भाद्र,२०८२ः साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपालले २ विकेटको रोमाञ्चक जित निकालेको हो । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल ‘नायक’ साबित भए । उनले १०२ बलमा अविजित १०१ रनको शतकीय पारी खेले । टिम पटक–पटक संकटको अवस्थामा परे पनि रोहितले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई जित दिलाए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको साउथ अस्ट्रेलिया ४५ ओभरमा अलआउट हुँदै २ सय ४२ रनमा रोकियो । उसका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए । यस्तै, दुवित हूगानबोजमले ५३ रन जोडे ।
रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रनको योगदान दिए । नेपालका लागि बलिङतर्फ नन्दन यादव र सोमपाल कामी प्रभावकारी देखिए । नन्दनले पाँच ओभरमा १५ रन दिएर तीन तथा सोमपालले पाँच ओभरमा २१ रन दिएर तीन विकेट लिए । यस्तै, सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक/एक विकेट हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?