You are currently viewing १८औँ वार्षिकोत्सव समारोहमा एशियन लाइफ इन्स्योरेन्सले सरस्वती आविका विद्यार्थीलाई गर्यो झोला वितरण

१८औँ वार्षिकोत्सव समारोहमा एशियन लाइफ इन्स्योरेन्सले सरस्वती आविका विद्यार्थीलाई गर्यो झोला वितरण

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, धनगढी शाखाले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले धनगढी-१ मा सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको हो।


उक्त सामग्री विद्यालयका प्रधानाध्यापक पदमराज जोशी, वडा न.१ का अध्यक्ष सन्तोष मुडभरी,वडासदस्यहरू तथा एशियन लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउँद, धनगढी शाखाका शाखा प्रबन्धक केशव प्रसाद उपाध्याय, साथै एजेन्सी मेनेजरहरू लिलाधर भट्ट, मेनुका मल्ल, दिव्यश्वरी चन्द, शान्ति मल्ल लगायत बिमा कर्मचारी, स्थानीय व्यक्तित्व, शिक्षक एवं विद्यार्थीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रम मार्फत कम्पनीले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गरेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply