You are currently viewing महिनावारी विभेद गर्नेलाई साँफेबगर नगरपालिकाबाट सेवासुविधा रोक्ने निर्णय

महिनावारी विभेद गर्नेलाई साँफेबगर नगरपालिकाबाट सेवासुविधा रोक्ने निर्णय

२०भाद्र,धनगढीः अछामको साँफेबगर नगरपालिकाले महिनावारी भएको बेला विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको छ । नगरकार्यपालिकाको बैठकले महिनावारीको समयमा छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने सबैको सेवासुविधा रोक्ने निर्णय गरेको हो ।
महिनावारी विभेद गर्नेलाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरको कार्यपालिका बैठकले महिनावारीको समयमा विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको बताए ।
उनले बैठकले जातिय छुवाछुत तथा भेदभाव गर्नेलाई कानुन अनुसार कार्वाहीका लागि सिफारिस गर्ने र न्यायिकसमिति मार्फत जनचेतना मुलक कार्यक्रमहरु सचालन गर्ने निर्णय गरेको उनले बताए । सबै वडाहरुसँग समन्वय गरि गोठ भत्काउने अभियान सञ्चालन गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply