You are currently viewing फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम सुदूरपश्चिममा सुरु

फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम सुदूरपश्चिममा सुरु

२२ भाद्र ,२०८२ः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एएफसी) का कार्यकारिणी सदस्य पंकज बिक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक भ्रमणमा आएका छन्। दुई दिने भ्रमणका क्रममा अध्यक्ष नेम्वाङले ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको सुदूरपश्चिम क्षेत्रीय सुरुवात गरेका छन्।


फिफाको सहयोगमा देशभर सञ्चालन भइरहेको उक्त कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका ९ जिल्लाका ७२ भन्दा बढी विद्यालयमा फुटबल फर स्कुल्स परियोजना कार्यान्वयन गरिने एन्फा अध्यक्ष नेम्वाङले जानकारी दिए। उनका अनुसार, यस कार्यक्रमले खेलमार्फत विद्यार्थीलाई स्वस्थ, शिक्षित र अनुशासित जनशक्ति उत्पादनमा सहयोग पु¥याउनेछ।


भ्रमणको पहिलो दिन कञ्चनपुरको पुनर्वास नगरपालिकाको लालझाडी युवा क्लबको खेलमैदानमा आयोजित कार्यक्रममार्फत कञ्चनपुर जिल्लाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रममा कञ्चनपुरका ९ विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका तथा स्थानीय फुटबल संघका प्रतिनिधिहरूद्वारा फिफा टोलीलाई भव्य स्वागत गरिएको थियो।


उक्त कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष नेम्वाङले “यो केवल एउटा कार्यक्रमको सुरुवात होइन, यो नेपाली फुटबल इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा रहेको बताए । फिफाले विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिकामा पुग्ने लक्ष्य लिएको छ, र नेपालमा पनि हामी ७२ भन्दा बढी विद्यालयमा कार्यक्रम विस्तार गर्दैछौं। ३२ हजार भन्दा बढी फुटबल वितरण गरिनेछ। यो केवल फुटबल वितरण नभई बालबालिकाको समग्र विकासका लागि गरिएको व्यापक पहल रहेको बताए ।”


कार्यक्रममार्फत विद्यालयहरूमा खेलकुदलाई माध्यम बनाउँदै शिक्षा, स्वास्थ्य, अनुशासन, नेतृत्व विकास तथा स्कुल एप्लिकेसन जस्ता प्रविधि प्रयोग गरिनेछ। अध्यक्ष नेम्वाङले शिक्षक तथा प्रशिक्षकहरूको लागि यो एउटा प्रभावकारी उपकरण सावित हुने विश्वास व्यक्त गरे।
यसै क्रममा एन्फाद्वारा कञ्चान्पुरका ९ वटा विद्यालयलाई २५–२५ वटा फुटबल प्रदान गरिएको छ। साथै, लालझाडी युवा क्लबको नव निर्मित भवनको पनि उद्घाटन गरिएको हो।


त्यसपछि पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित स्वागत समारोहमा नगर उपप्रमुख भुलिया कुमारी रानाले फिफा टोलीलाई स्वागत गरिन्। सो कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास नगरपालिका ‘फुटबल खेल्ने क्षेत्र’का रूपमा चिनिए पनि आर्थिक अभावका कारण अपेक्षित स्तरमा विकास हुन नसकेको उल्लेख गर्दै एन्फासँग सहयोगको अपेक्षा राखे।


कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, साथै कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्लबहरूसँग आबद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


भ्रमणको दोस्रो दिन, भाद्र २३ गते(भोलि) बिहान १० बजे कैलालीको जुगेडास्थित श्री मनकामना युवा क्लबको खेलमैदानमा फिफा फुटबल फर स्कुल्स कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ। उक्त कार्यक्रमका लागी कैलाली जिल्ला फुटबल संघ तिब्रताका साथमा लागीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply