You are currently viewing भोलि मन्त्रिपरिषद विस्तारको तयारीः आगजनीबाट जोगिएकै सरसामानबाट प्रधानमन्त्रीको कार्यकक्ष तयार हुँदै

भोलि मन्त्रिपरिषद विस्तारको तयारीः आगजनीबाट जोगिएकै सरसामानबाट प्रधानमन्त्रीको कार्यकक्ष तयार हुँदै

२८भाद्र,धनगढीः प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छन् । मन्त्रिमण्डल विस्तारका लागि नाम छनोट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।
यसैबीच जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि कर्मचारीहरुले नयाँ भवनमा कार्यकक्ष तयार पारिरहेका छन् ।


सिंहदरबारभित्र गृह मन्त्रालयका लागि निर्माण गरेको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माण भइरहेको हो । नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारीहरु प्रधानमन्त्रीको कार्यकक्ष निर्माणमा जुटेका छन् ।
आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका धेरैजसो मन्त्रालय परिसरमा जलेका गाडी, कागजपत्रलगायत सरसामग्री छरपस्ट छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply