धनगढी उपमहानगरपालिका वडा न.५ तारानगरमा रहेको गेटवे मण्टेश्वरी स्कुलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सनिबार विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरुले बालबालिकालाई कसरी हेरचार गर्ने,समय व्यवस्थापन कसरी मिलाउने,बालबालिका सामु के गर्ने के गर्ने,के गर्दा बालबालिकाको पढाई र उनीहरुको शारिरीक मानसिक विकास थप राम्ररी हुन सक्छ भन्नेबारे लोकप्रिय मोटिभेसनल स्पिकर रविकिरण श्रेष्ठले प्रशिक्षण गराएका छन ।

श्रेष्ठले सकारात्मक सोचले मात्रै आफू,घरपरिवार,समाज र देश बन्ने भएकाले कुण्ठा,रिस र घृणा मनैबाट हटाउन अभिभावकहरुलाई आग्रह गरेका छन ।

त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष तपेन्द्र बहादुर सिंहले विद्यालय एक्लैले मात्रै चाहेर गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भन्दै त्यसका लागि अभिभावक पनि उत्तिकै सकृय हुनुपर्ने बताएका छन । संस्थापक सिंहले गेटवे मण्टेश्वरी स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अगाडी बढाउन आफूसँग राम्रा दिर्घकालिन योजना रहेको भन्दै ती योजना कार्यान्वयनका लागि अभिभावकहरुले साथ दिनुपर्ने बताएका छन ।

अभिभावक विरेन्द्र ठगुन्नाले यस्ताखाले अभिमुखीकरण कार्यक्रमले अभिभावकहरुमा पनि सकारात्मक सोचको विकास हुने भएकाले गेटवे मण्टेश्वरीले निकै सान्र्दभिक कार्यक्रम आयोजना गरेको बताए ।

विद्यालयकी प्रिन्सिपल दीपा सिंहले अभिभावकहरुले आफ्ना बालबालिकाको जति नै राम्रो तरिकाले ख्याल गरिरहेको छु सोचेपनि तर त्यस्तो चाहिँ नहुने गरेकोे बताएकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?