You are currently viewing एसपिए कैलाली प्राइड लिग : समूह विजेता बन्दै धनगढी उपमहानगरपालिका बन्यो सेमिफाइनल पुग्ने चौथो टोली

एसपिए कैलाली प्राइड लिग : समूह विजेता बन्दै धनगढी उपमहानगरपालिका बन्यो सेमिफाइनल पुग्ने चौथो टोली

धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा समूह ए को विजेता बनेर धनगढी उपमहानगरपालिका सेमिफाइल पुग्ने चौथो टोली बनेको छ । मंगलबार सम्पन्न दोश्रो खेलमा आलिताल गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै धनगढीले सेमिफाइनलको टिकट पक्का गरेको हो ।


समूह बी बा विजेता बनेको घोडाघोडी नगरपालिका,समूह सी बाट विजेता बनेको बुढीगंगा नगरपालिका र समूह डी को विजेता बनेको पुनर्वास नगरपालिका बी यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन ।

आलिताल गाउँपालिकाले दिएको ८३ रनको झिनो लक्ष्य धनगढीले १२ ओभ।मा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । धनगढीका लागि रोहन बिकले सर्वाधिक २२ रन बनाए भने सन्नी बिक १९ तथा शंकर बोहोरा १३ रनमा अविजित रहे ।आलितालका लागि कप्तान दिल बोहरा,निरज ऐर र समिर बिस्टले समान एक एक विकेट लिए ।


यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आलिताल गाउँपालिकाले राम्रो प्रर्दशन गर्न सकेन । १९.४ ओभरमा सबै विकेट गुमाएको उस्ले मात्र ८२ रन जोड्न सक्यो । समिर बिस्टले ३८ बलको सामना गर्दै सर्वाधिक २२ रन बनाउँदा कप्तान दिल बोहोरा १४,राजु रिजाल १२ र निरज ऐरले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन ।

धनगढीका लागि सन्नी बिकले निकै किफायती बलिङ गरे । आफ्नो कोटाको ४ ओभर बलिङ गरेका उनले दुई ओभर मेडेन राख्दै मात्र ७ रन खर्चर ३ विकेट चट्काए । खेलमा अलराउड प्रर्दशन गरेका सन्नी म्यान अफ दी म्याच चुनिए ।

त्यस्तै प्रकाशजंग काकीैले पनि ४ ओभर बलिङ गर्दै दुई ओभर मेडेन राख्दै मात्र ४ रन खर्चर २ विकेट लिन सफल भए । विशाल क्षेत्रीले २ तथा भुपेश जोशी र रोहन बिकले समान एक एक विकेट लिए ।

मंगलबार बिहान सम्पन्न खेलमा टिकापुर नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई ९६ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगिता टुंग्याएको छ । लम्की र टिकापुरको टोली प्रतियोगीताबाट बाहिरिसकेका छन ।

बुधबार सेमिफाइनलका खेलहरु हुने :
धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिग अन्तर्गत बुधबार सेमिफाइनलका खेलहरु हुने भएका छन । पहिलो सेमिफाइनल बिहान ९ः३० बजेबाट समूह ए को विजेता कैलालीको धनगढी उपमहानगरपालिका र समूह सी को विजेता बाजुराको बुढीगंगा नगरपालिकाका बीच हुनेछ भने दोश्रो सेमिफाइनल दिउँसो १ः३० बजेबाट समूह बी को विजेता कैलालीको घोडाघोडी नगरपालिका र समूह डी को पुनर्वास नगरपालिका बी का बीच हुने जिल्ला क्रिकेट संघ कैलालीका सचिव देव नारायण झाले बताए ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५÷१५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply