You are currently viewing सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो तेश्रोपटक पीएम कपको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो तेश्रोपटक पीएम कपको उपाधि

त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगञ्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।

Champion Tribhuwan Army Club

५६ रनमा ४ विकेट गुमेको अवस्थाबाट आर्मीका लागि बसिर र इमरान मिलेर इनिङ सम्हालेका थिए । यी दुई मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल,अशोक धामी र विकास आग्रीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । शीर्षक्रम र मध्यक्रम ब्याटिङ धराशायी बनेपनि तल्लोक्रमका ब्याटरले संयमित ब्याटिङ गरेका थिए ।

Runner up – Sudurpaschim Province

अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले २५ अनि नारायण जोशीले २९ रन बनाए । हेमन्त धामीले १६ रन बनाए ।आर्मीका आकाश चन्द र शाहब आलमले ३-३ विकेट लिए भने बसिर अहमदले २ अनि कुशल मल्लले १ विकेट लिए ।

आर्मीले प्रतियोगिताभर कुनै खेल पनि हारेन । आर्मीेले लिग चरणका ९ मध्ये १ खेलमा अंक बाँडेको थियो भने बाँकी ८ वटै खेल जितेको थियो । सुदूरपश्चिमले भने ९ खेलमा ६ खेल जितेको थियो र पहिलोपटक फाइनल खेलेको थियो।

आर्मीले सन् २०१७ मा पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । यस्तै सन् २०२१ मा पनि उपाधि जितेको थियो ।हरेक संस्करणको फाइनल खेलेको आर्मी ५ पटक भने उपविजेतामा सीमित भएको छ । नेपाल पुलिस क्लबले ४ पटक उपाधि जितेको छ भने एपीएफ क्लबले २ पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply