You are currently viewing IPL 2026: लखनउलाई हराउँदै राजस्थान दोस्रो स्थानमा उक्लियो / LSJ VS RR
Photo : BBCI/IPL

IPL 2026: लखनउलाई हराउँदै राजस्थान दोस्रो स्थानमा उक्लियो / LSJ VS RR

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौै जित हासिल गरेको छ ।बुधबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै राजस्थान १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको लखनउ १८ ओभरमा ११९ रनमा अलआउट भयो । मिचेल मार्शले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन  राजस्थानका  लागि जोफ्रा आर्चरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । नान्द्रे बर्गर र ब्रिजेश शर्माले २-२ विकेट लिए । रविन्द्र जडेजा र रवि बिश्नोईले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । सुरुवात राम्रो नभएपनि राजस्थानले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।यशश्वी जैसवाल २२, वैभव सूर्यवंशी ८ अनि ध्रुव जुरेल शून्यमै आउट भएपछि राजस्थानले ३२ रनमा ३ विकेट गुमाएको थियो । कप्तान रियान पराग २० अनि शिम्रोन हेटमायर २२ रनमा आउट भए ।

Photo : BBCI/IPL

रविन्द्र जडेजाले अन्तिम ओभरमा २० रन प्रहार गर्दै ४३ रनमा अविजित रहे । डोनोभन फेरेराले २० अनि शुभम दुबेले १९ रन बनाए ।लखनउका मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले २-२ विकेट लिए ।राजस्थानले ७ खेल खेल्दा ५ जितका साथ १० अंक जोडेको हो । एक खेल कम खेलेको पन्जाब ११ अंकसहित शीर्षमा यथावत् छ ।पराजित लखनउ ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ ।मार्शले ४१ बलमा सर्वाधिक ५५ रन बनाए । निकोलस पूरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply