नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी सुरु भएको छ । ९ जेठमा हुने चुनावका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । शुक्रबार अध्यक्षका उम्मेदवार गोपालराज पाठकको समूहले प्यानल घोषणा गरेको छ । घोषणाअनुसार पाठकको समूहमा उपाध्यक्षका उम्मेदवार उत्तम जोशी छन् ।

सदस्यहरुमा कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल(टिएन), भरतराज जोशी,लक्ष्मीराज पन्त उम्मेदवार रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी, सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय छन् । पाठकको समूहले प्यानल घोषणासँगै चुनावी प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।
अध्यक्षका उम्मेदवार गोपालराज पाठकले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ९ बुँदा अघि सार्दै मत मागिएको छ । पाठक समूहले सुशासन, उत्पादन र डिजिटल अभियानलाई प्राथमिकतामा राखेको छ ।
संस्थागत सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाउने, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्ने, निष्क्रिय कर्जा असुलीलाई प्रभावकारी बनाउने र सदस्य हितका कार्यक्रमलाई प्रविधिमैत्री बनाउने जनाएको छ ।
त्यस्तै, नवजीवन खाद्य उद्योग विस्तार, लघुवित्त कार्यक्रम विस्तार, कर्मचारीलाई प्रविधिमैत्री बनाउने तथा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि समूहले व्यक्त गरेको छ । समूहले सहकारीलाई कारोबार र सुशासनको हिसाबले देशकै उत्कृष्ट संस्थामध्ये एक बनाउने लक्ष्य लिएको जनाएको छ ।
हेर्नुहोस् प्रतिबद्धता पत्र :
“सुशासन–उत्पादन–डिजिटल अभियान, नवजीवनले अब पाउँनेछ नयाँ पहिचान”आदरणीय शेयर सदस्य महानुभावहरू, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, कैलालीले आफ्नो ३२ औं वार्षिक साधारण सभाको आयोजना गर्दै नयाँ नेतृत्वको अपेक्षा गरेको छ । हामी गोपाल राज पाठक को समूहले संस्थाको वर्तमान अवस्था र सम्भाव्यतालाई गहन अध्ययन गरी निम्न बुँदागत प्रतिबद्धताहरू प्रस्तुत गर्दछौं। हाम्रो प्रतिबद्धता१. संस्थागत सुशासन: संस्थाको ख्याती र गौरव कायम राख्न हरेक प्रकारका विकृति हटाउन शून्य सहनशीलता अपनाइनेछ । संस्थामा गरिने नयाँ कार्यक्रमलाई प्रभावकारी बनाउन शेयर सदस्यहरूमध्येबाट सम्बन्धित विषयको जानकारहरू, सञ्चालक र कर्मचारी सम्मिलित योजना तर्जुमा उपसमिति गठन गरि लागु गरिनेछ ।२. लगानी तथा असुली: संस्थामा रहेको तरलतालाई न्यूनीकरण गर्दै सहकारी मापदण्ड भित्र सीमित गरिने प्रयास गरिनेछ, जसका लागि लगानीका नयाँ क्षेत्रको पहिचान र ब्याजदरमा समयसापेक्ष परिवर्तन गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गरिनेछ। साथै निष्क्रिय कर्जाको असुलीका लागि विशेष कार्यदलको गठन गरी असुली कार्यलाई प्रभावकारी बनाइनेछ।३. सदस्य हित: संस्थामा भएका कार्यहरूको जानकारी गराउन र शेयर सदस्यहरूको गुनासो तथा सुझाव ग्रहण गरी संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सूचना अधिकारी सहितको प्रणाली स्थापना गरिनेछ। सदस्यहरूले पाइरहनु भएको सुविधाहरूको क्षेत्रविस्तार गर्दै लगिनेछ।४. उत्पादन: संस्थाले सकार गरेका जमिन लाई संस्थाको सम्पत्तिको रुपमा ग्रहण गरी सम्भाव्यताका आधारमा उत्पादन क्षेत्रमा प्रयोग गरिनेछ र किसान शेयर सदस्य रहेको क्षेत्रहरूमा लघुवित्त कार्यक्रमलाई विस्तार गरिनेछ। साथै मजगाउँमा रहेको नवजीवन खाद्य उद्योगलाई विस्तार गरिनेछ।५. जनशक्ति विकास: संस्थामा रहेका कर्मचारीहरूलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ।६. भौतिक विकास: संस्थाको जोशीपुर सेवा केन्द्रमा आवश्यक पर्ने भवन निर्माण र चौमाला सेवा केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गरिनेछ।७. प्रविधि र स्रोत साधन: संस्थाको कार्यलाई प्रभावकारी बनाउन समय सापेक्ष आधुनिक सफ्टवेयर को प्रयोग गर्दै अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै मसलन्दको खर्चमा कटौती गरिनेछ।९. कार्यकालको परिणाम (हाम्रो लक्ष्य): संस्थाको सेवा प्रविधिमैत्री बनाउँदै कारोबार र सुशासनको हिसाबले देशभरिमा पहिलो स्थानमा पुर्याइने छ। अन्तमा हाम्रो अन्तिम अपिल हामी गोपाल राज पाठक को समूहले अबको सहकारी सुशासन, उत्पादन र शेयर सदस्य सशक्तिकरणको मोडल बन्ने पूर्ण विश्वासका साथ यहाँहरूको समर्थन, आशीर्वाद र अमूल्य मत को अभिलाषा राख्दछौं।हामी छौं तपाईंको — तपाईं हुनुहुन्छ हाम्रो सहकारीको विकासको जग, जय सहकारी !धन्यवाद गोपाल राज पाठकको समूहनवजीवन सहकारी संस्था लिमिटेड,धनगढी, कैलाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?