You are currently viewing बाल्मीकी इण्टरनेसनल स्कुलका विद्यार्थीद्वारा समर्पण सुधार केन्द्रको स्थलगत अवलोकन

बाल्मीकी इण्टरनेसनल स्कुलका विद्यार्थीद्वारा समर्पण सुधार केन्द्रको स्थलगत अवलोकन

धनगढी ५ हसनपुरमा रहेको बाल्मीकी इण्टरनेसनल स्कुलका विद्यार्थीले समर्पण सुधार केन्द्रको स्थलगत अवलोकन गरेका छन । सोमबार कक्षा ७ र ८ मा अध्ययनरत छात्र–छात्राहरूको शैक्षिक भ्रमण अन्तर्गत सो सुधार केन्द्रको अवलोकन गरिएको विद्यालयका प्रिन्सिपल द्रोणसिस न्यौपानेले जानकारी दिए । प्रिन्सिपल न्यौपानेले यस्ताखाले भ्मणले युवापुस्तामा सकारात्मक सोच, सचेतना र सही मार्गदर्शन फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भ्रमणका क्रममा विद्यार्थीहरूलाई सुधार केन्द्रको उपचार पद्धति, उपचार प्रक्रियाहरू, पुनर्स्थापनाको यात्रा तथा लागू औषध दुरुपयोगबाट कसरी बच्ने भन्ने विषयमा विशेष जानकारी प्रदान गरिएको सुधार केन्द्रका सञ्चालक सदस्य सबिन शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply