You are currently viewing सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आठजना श्रष्ठा पुरस्कृत

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आठजना श्रष्ठा पुरस्कृत

२९ असार,२०८३ : धनगढी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका आठजना श्रष्ठालाई पुरस्कृत गरेको छ । २१३औं भानु जयन्तीको अवसरमा सोमबार धनगढीमा एक भव्य कार्यक्रमको आयोजना गर्दै प्रज्ञा प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार अन्तर्गत संस्कृति विधातर्फ इन्द्र बहादुर चौधरी,गायन संगीत तथा नाट्य विधातर्फ गायक ध्वज बहादुर महरा,साहित्य विधातर्फ मिना पन्त र ललितकलातर्फ योगेन्द्र बमलाई जनही नगद पचार पचास हजार धनराशी सहित पुरस्कृत गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सुरत रावत डोटेली कान्छाले जानकारी दिए ।

त्यस्तै साहित्यकार पूर्ण बहादुर मल्ल,गजलकार कमल संघर्ष,गायक सदानन्द (सौगात) ओझा र गुरुदास विश्वकर्मा ( वसन्त साधक ) पनि उक्त समारोहमा पुरस्कृत भएका छन । उनीहरु चारैजना श्रष्ठाहरुलाई जनही नगद बीस बीस हजार सहित पुरस्कृत गरिएको हो । पुरस्कृत आठैजना श्रष्ठालाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री बेल बहादुर राना र विशिष्ट अतिथि आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले संयुक्त रुपमा दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे ।

त्यस्तै उक्त प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा हेमराज पन्त,प्राडा टेकराज पन्त र डा.दिपकचन्द्र भट्टलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायका कलाकारहरुले आ आफ्नो प्रस्तुति पनि राखेका थिए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री बेल बहादुर राना,विशिष्ट अतिथि आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामी लगायत अतिथिहरुमा दर्जनौं श्रष्ठाहरुको उपस्थिति रहेको थियो । प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान मार्फत हरेक वर्ष भानु जयन्तीका दिन भाषा,कला,साहित्यमा योगदान पुर्याएका सुदूरपश्चिमका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सुदूरपश्चिमाञ्चल साहित्य समाजका सचिव प्रेम विवश चन्दले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply