भोटेकोशी बाढीको विपत्तिमा परेकालाई धनगढीको एरिष्टो स्कुलको साथ,रु.३ लाख बढी आर्थिक सहयोग

गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुर्नस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले रु.३ लाख १ हजार १११ आर्थिक सहयोग गरेको छ । बाढीबाट भएको अकल्पनिय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुर्नस्थापनाका लागि एरिष्टो स्कुलले आर्थिक सहयोग गरेको हो ।

बाढी प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट रु ५४,९२५,शिक्षक कर्मारीहरुको तर्फबाट रु १,२५,००० र विद्यालय का तर्फबाट रू १,२१,१८६ गरी जम्मा रू तीन लाख एक हजार एक सय एघार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएकोले आफूहरुले विद्यार्थी,कर्मचारीबाट केहि रकम र केहि रकम विद्यालय प्रशासनले नै सहयोग गरेको विद्यालयकी प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले जानकारी दिइन ।

 

भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top