नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सरगर्मी बढेसँगै कैलाली क्षेत्र नं.५ मा पनि चुनावी माहोल तातेको छ। यसै क्रममा पार्टीका सक्रिय नेता प्रकाश जोशीले कैलाली जिल्ला क्षेत्र नं.५ बाट महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई आत्मसात् गर्दै उनले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका हुन्। पार्टी संगठनलाई सुदृढ बनाउन र लोकतान्त्रिक मूल्य / मान्यताको प्रवर्धनका लागि आफ्नो उम्मेदवारी रहेको जोशीले बताएका छन्।

आफ्नो चुनावी अपिल जारी गर्दै नेता जोशीले कैलाली क्षेत्र नं। ५ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मतदान गरी विजय गराइदिन हार्दिक अनुरोध गरेका छन्। क्षेत्रीय प्रतिनिधिहरूसँगको भेटघाट तथा छलफललाई निरन्तरता दिँदै उनले सबैको सहयोग र समर्थन प्राप्त हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?