SPA लिटल फ्लावर प्राइड लिग समापन,विजेता र उपविजेता टोली पुरस्कृत

२३ असोज,२०८३ : धनगढीमा जारी दशौँ संस्करणको SPA लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिता समापन भएको छ ।

शुक्रबार धनगढीको चेतना पाठशालाको सभाहलमा एक कार्यक्रमका बीच लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षता तथा नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य एवं जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टको प्रमुख आतिथ्यतामा प्रतियोगीताको समापन गरिएको हो ।

प्रतियोगीतामा संयुक्त रुपमा विजेता बनेकोे मोर्निङ्ग ग्लोरी स्कुल महेन्द्रनगर र अनिरुद्र जिडी ग्रुप धनगढीलाई जनही नगद एक एक लाख,ट्रर्फी,मेडल र प्रमाणपत्र तथा संयुक्त रुपमा उपविजेता बनेको एरिष्टो माध्यमिक विद्यालय धनगढी र घोडाघोडी सामुदायिक विद्यालय सुख्खडलाई जनही नगद पचास पचास हजार,ट्रर्फी,मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अथिति ब्रिकम बिष्ट,विशिष्ट अतिथि ठक्कर बम,दिपक सुरी,चुडामणी शर्मा,जगत शाही लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए ।

खराब मौसमका कारण सेमिफाइनल र फाइनल खेल हुन नसकेपछि सेमिफाइनमा प्रवेश गरेका चार टोली मध्ये रनरेटमा अगाडि रहेको मोर्निङ्ग ग्लोरी स्कुल महेन्द्रनगर र अनिरुद्र जिडी ग्रुप धनगढीलाई विजेता तथा एरिष्टो माध्यमिक विद्यालय धनगढी र घोडाघोडी सामुदायिक विद्यालय सुख्खडलाई उपविजेता बनाउने गरी आयोजक,चारओटै सेमिफाइनलिष्ट टोलीका सदस्यहरु र जिल्ला क्रिकेट संघ कैलालीका प्रतिनिधिबीच समझदारी बनेको थियो ।

लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीको आयोजनामा गत असोज १५ गतेबाट सुरु भएको प्रतियोगीतामा काठमाण्डौंका २ र सुदूरपश्चिम प्रदेशका १३ गरी १५ टोलीले सहभागीता जनाएका थिए । २०७३ सालबाट अबिछिन्न रुपमा सञ्चालन हुँदै आएको यस लिटल फ्लावर प्राइड लिगले सुदूरपश्चिमका क्रिकेटरलाई राष्ट्रिय टोलीसम्म पुग्न महत्वपूर्ण पुलको काम गरेको थियो ।

प्रतियोगीतालाई एसपिए कलेजले टाइटल स्पोन्सर्स गरेको थियो भने जुस जेली,बाम बाम लगायतले प्रायोजनको श्रपमा सहयोग गरेका थिए ।

क्रिकेट विकासमा योगदान पुर्याएको भन्दै जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्ट लगायत सम्मानित

दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिता समापन समारोहमा लामो समयदेखि क्रिकेट विकासमा योगदान पुर्याएको भन्दै जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टलाई सम्मान गरिएको छ । बिस्टलाई लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले दोसल्ला सहित सम्मान गरेका हुन ।

त्यसैगरी लामो समयदेखि लिटल फ्लावर प्राइड लिगको प्रमुख सल्लाहकारको रुपमा रहेका गुरुकुल एकेडेमी धनगढीका प्रबन्ध निर्देशक दिपक सुरी,किक्रेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री,पिच क्यूरेटर किशन महत,पत्रकार भानुभक्त आचार्य,दिनेश बिष्ट,डिल्लीराज ओझा ‘समर्पण’,बिराज रोस्यारा,निखिल आचार्य पनि सम्मानित भएका छन । साहित्यकार तेज पुरुष,बास्केटबल खेलाडी जनक बोहरा,वल्ड हाउस बेकरीका सञ्चालक हितेश चन्द,कमेण्टेटर नरेन्द्र अवस्थी,ग्राण्डस म्यान जयसिंह थलाल लगायत पनि सोहि समारोहमा सम्मानित भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top