काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो ।

पोखराका युवराज सम्राले ४८ बलमा ६ छक्का र १० चौकासहित १०२ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ र कप्तान चमिका करुरत्नेले ११ बलमा ३ छक्का र ३ चौकासहित अविजित विस्फोटक ३५ रन बनाए ।

कर्णालीका कप्तान सोमपाल कामीले २ र मार्क वाटले १ विकेट लिए ।