दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिन पनि बागमती शीर्ष स्थानमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।वीरेन्द्रनगरस्थित रंगशालामा बुधबार भएका खेलपछि बागमती प्रदेशले ९ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १९ पदक जितेको छ ।

त्यस्तै, एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्य गरी ९ पदकसहित दोस्रो स्थान कायम गरेको छ । नेपाल प्रहरीले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदक जित्दै तेस्रो स्थानमा रहेको छ ।

नेपाली सेनाले २ स्वर्ण, ८ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । पदक संख्यामा नेपाल प्रहरी र सेनाले समान १८ पदक जिते पनि स्वर्ण पदकका आधारमा प्रहरी अगाडि रहेको छ । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत गरी ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदक प्राप्त गरेको छ ।दोस्रो दिनसम्म एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top