You are currently viewing निर्णायक खेलमा नेपालको फितलो प्रर्दशन,बंग्लादेश पाँचौंपटक च्याम्पियन

निर्णायक खेलमा नेपालको फितलो प्रर्दशन,बंग्लादेश पाँचौंपटक च्याम्पियन

५ श्रावण,२०८२ : छैटौँ संस्करणको साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि आयोजक बंग्लादेशले जितेको छ । सोमबार राति सम्पन्न निर्णायक खेलमा नेपाललाई ४–० ले हराउँदै बंग्लादेशले उपाधि जितेको हो ।उसले पाँचौंपटक उपाधि जितेको हो । बंगलादेशको जितमा चारवटै गोल सागोरिकाले गरिन् ।

उनले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेकी हुन् । निर्णायक खेलमा नेपालको प्रदर्शन भने फितलो रह्यो । गोलको केही अवसर प्राप्त गरे पनि नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।लिग चरणको पहिलो भेटमा नेपालले बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक हार व्यहोरेको थियो । बाँकी खेलमा भने नेपालले एकतर्फी जित निकालेको थियो । यद्यपि निर्णायक खेलमा भने नेपालले कमजोर प्रदर्शन गर्‍यो ।

योसँगै नेपालको उपाधि सपना अधुरै रह्यो । हालसम्म नेपालले साफ यू–२० को उपाधि जित्न सकेको छैन । नेपालले यसअघि साफ यू–२० मा दुईपटक निर्णायक म्याच खेलेको थियो, जहाँ नेपाल स्तब्ध भयो । नेपाल सन् २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply