You are currently viewing पुन : विश्व किर्तिमानको दौडमा संदिप लामिछाने /@SandeepLamichhne

पुन : विश्व किर्तिमानको दौडमा संदिप लामिछाने /@SandeepLamichhne

६ श्रावण,२०८२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने पुनः विश्व रेकर्डको दौडमा रहेका छन । ६२ टी २० अन्तर्राष्ट्रिय खेल खेलि सकेका संदिपले ११७ विकेट लिइसकेका छन् ।

अब उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने बाटोमा अगाडी बढिरहेका छन । यदि उनले आगामी २९ खेलमा खेल्ने मौका पाएर ३३ विकेट लिन सकेको खण्डमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने खेलाडीको किर्तिमान बनाउनेछन । हाल यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ, जसले ९२ खेलमा यो उपलब्धि हाँसिल गरेका थिए ।

 

आगामी अक्टोबरमा नेपाल टि२० क्वालिफायरमा सहभागी हुँदैछ । अहिलेको प्रर्दशन र नेपाली टिममा भित्रिएका अनुभवी प्रशिक्षक स्ट ल को रणनिती सफल भए नेपाल सन २०२६ को टि२० विश्वकपमा छनोट हुने पक्का जस्तै छ ।

संदिपले एकदिवसिय क्रिकेटमा मात्र ४२ खेलमा १०० विकेट लिदै विश्व किर्तिमान बनाएका थिए । उनको त्यो दुर्लभ किर्तिमानलाई नेपाल क्रिकेट संघ क्यानले धुमधामका साथ मनाएको थियो । जस्मा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply