एजेन्सी – आयोजक वेस्ट इण्डिज विरुद्धको टि ट्वान्टी आई सिरिज पाकिस्तानले जितेको छ ।अमेरिकाको फ्लोरिडामा तेस्रो टि-ट्वान्टी आई खेल १३ रनले जितेसँगै पाकिस्तानले सिरिज २-१ ले जितेको हो । पहिलो खेलमा पाकिस्तानले र दोस्रोमा वेस्ट इण्डिज विजयी भएको थियो।

१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका ओपनर अलिक एथानेजले ४० बलमा ८ चौका र १ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेले ।
शरफन रदरफोर्डले ३५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर जोवेल एन्ड्रु २४ रनमा आउट भए । रोस्टन चेस १५ रनमा रिटार्यट आउट हुँदा गुणकेश मोटी १० रनमा अविजित रहे ।पाकिस्तानका लागि हसन अलि, मोहम्मद नवाज, सैयम अयुब हरिस रउफ र सफियान मुकिमले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गरेको थियो ।पाकिस्तानका ओपनरद्वय सहिब्जादा फरहान र सैयम अयुबले अर्धशतक बनाए । फरहानले ५३ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७४ रन बनाए ।

पहिलो विकेटका लागि फरहान र अयुबले १ सय ३८ रनको साझेदारी गरे । अयुबले ४९ बलमा ४ चौका र २ छक्कासहित ६६ रन बनाए । हसन नवाज १५ रनमा आउट हुँदा खुशदिल शाह ११ तथा फहिम असरफ १० रनमा अविजित रहे । वेस्ट इण्डिजका जेसन होल्डर, रोस्टन चेस र शेमार जोसेफले समान १ विकेट लिए । दुई टोलीबीच ३ ओडिआई सिरिज शुक्रवार सुरु हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?