You are currently viewing टप इण्ड टी–२० शृङ्खलामा नेपाल लगातार तेश्रो पटक पराजित

टप इण्ड टी–२० शृङ्खलामा नेपाल लगातार तेश्रो पटक पराजित

२भाद्र २०८२ः अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।
नेपालका आशिफ शेखले ५३ रनसहित अर्धशतक बनाए । यस्तै कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए । मेलबर्नका डग वारेन र अस्टिन एन्लेजाकले समान दुई तथा आर्यन शर्मा र क्रिस होवे समान एक विकेट लिए ।
त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाउर एक सय ७५ रन बनायो । मेलबर्नका ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।

योसँगै प्रतियोगीमा नेपाल लगातार तेश्रो पटक पराजित भएको छ । नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले भोली होबर्ट हुरिकेन्ससँग, पर्सि ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply