६भाद्र,२०८२ः अस्ट्रेलियामा जारी टप एन्ड टी–ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनायो। बलिङतर्फ नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। पहिलो ओभरमा नन्दन यादवले मात्र २ रन दिए भने दोस्रो ओभरमै दीपेन्द्र सिंह ऐरीले लगातार दुई विकेट लिए। १ रनमा खेलिरहेका माझ सदाकत रोहित पौडेलद्वारा क्याच आउट भए भने २ रनमा मोहम्मद फैक बोल्ड आउट भए। त्यसबेला पाकिस्तानले ४ रनमै दुई विकेट गुमाएको थियो। तेस्रो विकेटको लागि यासिर खान र अब्दुल समादले ४० रनको साझेदारी गरे। तर, १८ रनमा यासिर कुशल भुर्तेलको बलमा सन्दीप लामिछानेबाट क्याच आउट भए। त्यसपछि घाज घोरीलाई सोमपाल कामीले ४ रनमै बोल्ड गरे। त्यससमय पाकिस्तानले ४९ रनमा ४ विकेट गुमाइसकेको थियो।

११ औं ओभरमा नन्दन पुनः चम्किए। उनले २५ बलमा २६ रन बनाएका अब्दुल समादलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए भने मुबासिर खानलाई ३ रनमै पवेलियन फर्काए। पाकिस्तान ६ विकेट गुमाउँदा जम्मा ६० रनमा सीमित भएको थियो। सातौं विकेट पनि छिट्टै खस्यो, जब सोमपाल कामीले १० रन बनाएका मेहरान मुम्ताजलाई गुलशनद्वारा क्याच आउट गराए।

तर, अन्तिम चरणमा कप्तान इरफान खानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पाकिस्तानलाई सम्मानजनक स्कोरसम्म पु¥याए। उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित ४२ रन बनाए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट हात पारे। अब नेपालले जितका लागि १४५ रनको लक्ष्य पछ्याउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?