सुदूरपश्चिम क्षेत्रका डिआइजी विक आफैं सार्वजनिक यातायातको चेकजाँचमा

७ भाद्र,२०८२ः सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विक आफैं सार्वजनिक यातायातको चेकजाँचमा खटिएका छन्। सार्वजनिक यातायातमा ट्राफिक नियम पालना भए–नभएको हेर्न आफैं निरीक्षणमा लागेका हुन्।
शुक्रबार उनकै नेतृत्वमा प्रहरीले अत्तरीया बसपार्क क्षेत्रमा चेकजाँच गरेको छ । अनुगमन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी प्रेम शाही, इलाका प्रहरी कार्यालय मालाखेतीका नायव उपरीक्षक डिएसपी रणबहादुर चन्द, यातायात व्यवस्था कार्यालय कैलालीका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, विभिन्न यातायात व्यवसायी प्रालिका प्रतिनिधि र स्थानीयको उपस्थिती थियो । मुख्यगरी आरक्षण सिट प्रणालीलाई अनिवार्य रूपमा कार्यान्वयन गर्नका लागि सो कार्यक्रम गरिएको एसपी शाहीले बताए । सार्वजनिक सवारी साधनमा महिला र बृद्धबृद्धाका लागि अनिवार्य रुपमा आरक्षण सिट छुट्याउनुपर्ने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top