You are currently viewing विश्वकप रजत विजेता खो खो टोली उत्कृष्ट अवार्डसहित पुरस्कृत

विश्वकप रजत विजेता खो खो टोली उत्कृष्ट अवार्डसहित पुरस्कृत

१४ भाद्र,२०८२ः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । राखेपको ६२औँ वार्षिकोत्सवका अवसरमा हिजो काठमाण्डौमा आयोजित कार्यक्रममा खो खोको सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो ।
पुरुष तथा महिला टोलीलाई समान एक लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । खो खोको दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको अभ्यास खेलमा रजत जितेका थिए ।

उत्कृष्ट राष्ट्रिय खेल सङ्घमा नेपाल क्रिकेट सङ्घ (क्यान) एक लाख नगदसहित पुरस्कृत भयो । यस्तै जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भएका छन् । पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन पनि ५० हजार नगदसहित सम्मानित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply