You are currently viewing IPL 2026 : चेन्नईलाई हराउँदै पन्जाब अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

IPL 2026 : चेन्नईलाई हराउँदै पन्जाब अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हाँसिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २१० रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यसअघि ओपनर प्रियांश आर्याले ११ बलमा ३९ रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । अर्का ओपनर प्रभसिमरन सिंहले ४३ रन बनाए । कूपर कोनोलीले २२ बलमा ३६ रन बनाए ।

चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले २/२ विकेट लिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो । आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए । शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ अनि कप्तान रुतुराज गायक्‍वाडले २८ रन बनाए ।

सन्जु सामसन ७ रनमै आउट भएपछि म्हात्रेले कप्तान रुतुराजसँग मिलेर ९६ रनको साझेदारी गरेका थिए । त्यसपछि सरफराज र दुबेको फिनिसिङ मद्दतमा चेन्नईले बलियो योगफल बनाएको थियो ।पन्जाबका विजयकुमार वाइशाकले २ विकेट लिए भने जेभियर बार्टलेट, मार्को यानसेन र युजभेन्द्र चहलले १/१ विकेट लिए ।

लगातार दोस्रो जितसहित २ खेलमा ४ अंक जोडेर पन्जाब शीर्षस्थानमा उक्लिएको छ । लगातार दोस्रो हार व्यहोरेको चेन्नई अंकविहीन रहँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply