You are currently viewing PM CUP 2026 : हेमन्तले उत्कृष्ट बलिङ गर्दा कर्णाली विरुद्ध सुदूरपश्चिम विजयी

PM CUP 2026 : हेमन्तले उत्कृष्ट बलिङ गर्दा कर्णाली विरुद्ध सुदूरपश्चिम विजयी

हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

Photo : CAN

वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३ रन बनाए । मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे ।

Photo : CAN

कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २/ २ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १/ १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएको थियो । बिपिन रावलले सर्वाधिक ३३ रन बनाए भने सुनिल धमलाले २८ रन बनाए ।

Photo : CAN

सुदूरका हेमन्तले ७ ओभरमा १६ रन मात्र दिएर ६ विकेट लिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १/ १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply