You are currently viewing आसिफ,दीपेन्द्र र लोकेशको आक्रामक ब्याटिङमा नेपालले सामोओलाई दियो २१२ रनको लक्ष्य

आसिफ,दीपेन्द्र र लोकेशको आक्रामक ब्याटिङमा नेपालले सामोओलाई दियो २१२ रनको लक्ष्य

आइसिसी विश्वकप टी–२० सिरिजअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई दियो २ सय १२ रनको लक्ष्य दिएको छ टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो ।

Photo : CAN

नेपालका लागि आसिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । आसिफले ४१ बलमा सात चौका र चार छक्काको मद्दतमा ६९ तथा दीपेन्द्रले ३३ बलमा चार छक्का र दुई चौकाको सहयोगमा ५३ रनको पारी खेलेका हुन् ।

Photo : CAN

टी–२०आईमा आसिफ र दीपेन्द्रको यो १०औँ अर्धशतकीय इनिङ हो । यस्तै, लोकेश बमले पनि आक्रामक ब्याटिङ गरे । उनले १२ बलमा चार छक्का र दुई चौकाको सहयोगमा अविजित ३९ रन बनाए ।यस्तै, कप्तान रोहितकुमार पौडेलले १२ बलमा एक छक्का र एक चौकाको मद्दतमा अविजित २१ रन जोडे ।

त्यस्तै, कुशल भुर्तेलले १५ बलमा दुई छक्का र एक चौकासहित १७ रनको योगदान दिए । आरिफ शेखले सात बलमा ९ रन जोडे । सामोआका चार बलरले मात्र विकेट लिन सके ।जारी प्रतियोगितामा नेपाल लगातार छैटौँ जितको खोजीमा छ । नेपाल अहिलेसम्म अपराजित छ । यदि आजको खेल जित्न सके नेपालले उपाधि आफ्नो पक्षमा पार्नेछ ।नेपालले विश्वकपमा दुई खेलअघि स्थान बनाइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply