You are currently viewing साफ महिला यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ महिला यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

२५ श्रावण,२०८२ः दक्षिण एसियाली फुटबल महा संघ (साफ) महिला यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबार २३ सदस्यी टोली घोषणा गरेको हो ।
प्रतियोगतिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुँदैछ ।प्रतियोगितामा नेपालसहित,भारत,भुटान र बंगलादेशको सहभागिता रहनेछ ।सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।


गोलकिपरः झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, रक्षकः दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ ,अन्शु विक, मिडफिल्डरः डिकी स्याङ्बोतामाङ,कृतिशा तामाङ, रविना विक, सहारा लिम्बु, वविता कार्की,भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल, फरवार्डः अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर,दिक्षा रनपाल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply