You are currently viewing कैलाली  कारागारबाट भागेका ७१ जना फिर्ता, झण्डै ६ सय अझै फरार

कैलाली कारागारबाट भागेका ७१ जना फिर्ता, झण्डै ६ सय अझै फरार

२८भाद्र,धनगढीः जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन्।
जिल्ला कारागार कैलालीले कैदीबन्दीलाई स्वेच्छाले फर्कन अपील गरेपछि केही कैदीबन्दी कारागार प्रशासनसँग सम्पर्कमा आएका हुन्।

कारागार प्रशासनका अनुसार मंगलबारको घटनामा ६६७ कैदीबन्दी फरार भएका थिए। अहिलेसम्म ७१ जना कैदीबन्दी फर्किसकेको र झण्डै छ सय अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फरार कैदीबन्दीको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply