You are currently viewing बैतडीका एक बालक दार्चुलामा मृत फेला

बैतडीका एक बालक दार्चुलामा मृत फेला

३भाद्र २०८२ः बैतडी घर भएका एक बालक दार्चुलामा मृत फेला परेका छन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ बर्षीय सन्दीप जोशी सोमबार राति मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।
दार्चुलाको भू तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महेन्द्र मावि खलंगमा कक्षा १० मा अध्ययनरत सन्दीपको मृत्यु भएपछि जोशी परिवार शोकमा डुबेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply