You are currently viewing गुरुकुल एकेडेमीमा शान्ति शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न /@GurukulAcademyDhn.

गुरुकुल एकेडेमीमा शान्ति शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न /@GurukulAcademyDhn.

२३ श्रावण,२०८२ : धनगढी उपमहानगरपालिका ०४ उत्तरबेहडी स्थित गुरुकुल एकेडेमीमा शान्ति शिक्षक प्रशिक्षण (पिस एजुकेटरस टेर्निङ) कार्यक्रम सम्पन्न भएको छ। HWPL’S दक्षिण कोरियाको समन्वयमा आयोजना गरिएको सो तालिम कार्यक्रममा विद्यालयका ३४ जना शिक्षक–शिक्षिकाहरूले सहभागिता जनाएका थिए।


यस तालिम सत्रको पहिलो चरणमा १२ वटा तालिम–सत्रहरू, दोस्रो चरणमा परीक्षा तथा तेस्रो चरणमा अभ्यास शिक्षण समावेश गरिएको थियो। सबै चरणहरू सफलतापूर्वक सम्पन्न गर्ने शिक्षक–शिक्षिकाहरूलाई शुक्रबार गुरुकुल एकेडेमीका प्रबन्ध निर्देशक दिपक सुरी,प्रिन्सिपल सुनीता सुरी लगायतले प्रमाणपत्र प्रदान गरेका हुन ।

गुरुकुल एकेडेमीकी प्रिन्सिपल सुनिता सुरीले तालिमलाई सफलापूर्वक सम्पन्न गर्ने र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्तो खालका तालिमहरूबाट शिक्षण पद्धति अझ प्रभावकारी र शान्तिपूर्ण बन्ने विश्वास व्यक्त गरीन् । शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि गुरुकुल एकेडेमीले बेलाबेलामा तालिकको प्रबन्ध गर्दै आएको छ । समापन समारोहमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply