चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा गौ संरक्षण अभियन्ता रिता अवस्थी ‘चैतन्य प्रेरणादायी युवा सम्मान’बाट सम्मानित

धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कृष्ण मोहन गौशाला, चटकपुरकी अभियन्ता रिता अवस्थीलाई “चैतन्य प्रेरणादायी युवा सम्मान” प्रदान गरिएको छ। सुदूरपश्चिमको माटोमै बसेर गौ संरक्षण, सेवामूलक कार्य, व्यवस्थापन क्षमता तथा युवापुस्तालाई सकारात्मक सोच र सेवा भावतर्फ प्रेरित गर्न पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

हिजो तेस्रो दिन महोत्सवको विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र सहित कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा। टी एन जोशीले सम्मान पत्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

रिता अवस्थीले गौ संरक्षणको क्षेत्रमा मात्र होइन, सामाजिक सेवाका विविध गतिविधिहरूमा समेत सक्रिय सहभागिता जनाउँदै समाजमा करुणा, सहानुभूति र जिम्मेवारीको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। गौशालाको व्यवस्थापन, संरक्षण कार्यमा देखाएको निरन्तरता र समर्पणले धेरै युवालाई सेवामूलक कार्यतर्फ आकर्षित गरेको छ।

सम्मान ग्रहण गर्दै अवस्थीले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवार बनाएको बताउँदै भविष्यमा पनि गौ संरक्षण र सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “सेवा र करुणाको भावले गरिएको सानो प्रयासले पनि समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ। यदि युवाले सेवा भावलाई आफ्नो जीवनको हिस्सा बनाउन सके भने समाज अझ सकारात्मक र मानवीय बन्छ।”

उनले विद्यार्थीहरूलाई सानैदेखि जीवजन्तुप्रति दया, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न आग्रह गर्दै विद्यालय स्तरमै सेवामूलक संस्कारको विकास आवश्यक रहेको उल्लेख गरिन्।

शिक्षा केवल किताबी ज्ञानमा सीमित नराखी समाजप्रतिको जिम्मेवारी, करुणा र सेवाभाव विकास गर्नु पनि विद्यालयको प्रमुख दायित्व भएको चैतन्य पाठशालाका अध्यक्ष जोशीले बताए । “रिता अवस्थीजस्ता व्यक्तित्वले समाजमा देखाएको सेवाभाव विद्यार्थीका लागि जीवित पाठशाला जस्तै रहेको,” अध्यक्ष जोशीले उल्लेख गरे।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजसेवा, शिक्षा, प्रविधि, उद्यमशीलता तथा संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top