धनगढी उपमहानगरपालिका वडा न.८ कान्तिपुर टोलमा रहेको डिस्कभरी माध्यमिक विद्यालयको १७औं वार्षिकोत्सव तथा आभिभावक दिवस सुरु भएको छ । विहिबार विद्यालयको प्रांगणमा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले एक भव्य कार्यक्रमका बीच वार्षिकोत्सव तथा आभिभावक दिवसको उद्घाटन गरेकी हुन ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख रानाले उपमहानगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयलाई एउटै आँखाले हेरेको बताइन । उनले शैक्षिक गुणस्तर वृद्धिमा संस्थागत विद्यालयको ठूलो भूमिका रहेको भन्दै विभेद गर्नुपर्ने कुनै कारण नरहेको बताइन ।

विहिबार विद्यालयले प्ले ग्रुपदेखि कक्षा दुइसम्मका विद्यार्थीहरु मात्र सहभागी गराएर वार्षिकोत्सव तथा आभिभावक दिवस मनाएको हो भने कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीतामा शुक्रबार पनि वार्षिकोत्सव तथा आभिभावक दिवस मनाइने विद्यालयका संस्थापक प्रिन्सिपल योगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

विहिबारको कार्यक्रममा स साना विद्यार्थीहरुले आफूमा रहेको कला प्रर्दशन गरेका थिए । विद्यार्थीहरु विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी पहिरन पहिरिएर फेसन सो मा सहभागी भएका थिए भने विभिन्न आर्कषक नृत्यहरु पनि उनीहरुले प्रस्तुत गरेका थिए ।

कुनै विद्यार्थीहरुले विभिन्न विषयमा वक्तृत्व प्रस्तुत गरेभने कतिले गीत तथा कविता गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । ससाना विद्यार्थीहरुले आकर्षक ढंगबाट म्यूजिकल पिटी पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले एउटा नयाँ अभ्यासपनि के गर्यो भने आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनो स्वरुप पुस्तक उपहार दिएको थियो ।

मायाको चिनोको रुपमा पुस्तक उपहार दिने कार्य निकै सहरायिन रहेको भन्दै पञ्चोदय माविका शिक्षक हृदय पुजाराले डिस्कभरी माध्यमिक विद्यालय जस्तै अरु विद्यालयले पनि यसको सिको गर्नुपर्ने बताए । पठन संस्कृतिमा कमि आइरहेका बेला यस्ताखाले सृजनात्मक कार्यले समाजमा सकरात्मक सन्देश जाने पुजाराको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्खबहादुर सिंहको अध्यक्षतामा सुरु भएको १७औं वार्षिकोत्सव तथा आभिभावक दिवसको उद्घाटन सत्रमा वडा नम्बर ८ का अध्यक्ष जगुराम चौधरी, धनगढी नगरप्याब्सनका अध्यक्ष धुर्वबहादुर सिंह,एन प्याब्सनका अध्यक्ष टिएन ढकाल,धनगढीका विभिन्न संस्थागत विद्यालयका प्रिन्सिपल लगायत शिक्षक,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पढाई सँगसँगै अतिरिक्त कृयाकलापमा अब्बल रहेको डिस्कभरी माध्यमिक विद्यालयले छोटो समयमै आफूलाई अब्बल साबित गरिसकेको छ । करिबन अठार सय विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालय आफ्नै विशाल भौतिक संरचना सहित पठनपाठन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?