धनगढी उपमहानगरपालिका वडा न.३ मित्रनगरमा रहेको मयुर बोर्डिङ स्कुलले ३२औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रावती खत्री साउँदको अध्यक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव समारोहको प्रमुख अतिथि वडा न.३ का अध्यक्ष राज बहादुर ऐर रहेका थिए ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले आफूमा भएको प्रतिभालाई नृत्य,कविता र वक्तृत्व मार्फत प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोहको प्रमुख आकर्षण भनेको तेक्वान्दोको डेमो प्रर्दशन थियो । उक्त डेमो प्रर्दशनीमा विद्यार्थीहरुले निकै जोशका साथ आफ्नो कौशल देखाएका थिए । कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने समाजसेवी दान बहादुर चन्द र चैन सिंह थापालाई सम्मान गरिएको थियो ।

विद्यालयले आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनोको रुपमा पुस्तक उपहार दिएको थियो । पछिल्लो समय पठन संस्कृतिमा कमि आइरहेका विद्यालयले थालेको नौलो प्रयासको अतिथिहरुले प्रंशसा गरेका थिए ।

३२औं वार्षिकोत्सव तथा अभिभावक समारोहमा प्याब्सनका उपाध्यक्ष ललित राज पन्त, धनगढीका प्रतिष्ठित विद्यालयका संस्थापक तथा प्रिन्सिपल लगायत अभिभावक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?