You are currently viewing धनगढीको राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुललाई “उदयमान विद्यालय पुरस्कार”

धनगढीको राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुललाई “उदयमान विद्यालय पुरस्कार”

धनगढी उपमहानगरपालिका-६, ढुङ्गे बजारमा अवस्थित राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल “शिक्षा उत्कृष्टता पुरस्कार २०२६” अन्तर्गत “उदीयमान विद्यालय पुरस्कार” (Emerging School Award) बाट सम्मानित भएको छ। विभिन्न साझेदार संस्थाहरूको आयोजनामा आयोजित कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहिलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

उक्त सम्मानले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता तथा समग्र विकासतर्फको प्रयासलाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको छ। विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धिलाई महत्वपूर्ण तथा ऐतिहासिक मानिएको छ। सम्मान ग्रहणपछि प्रबन्ध निर्देशक शाहिले यो उपलब्धि विद्यालयको एकल प्रयासको परिणाम नभएको स्पष्ट पारे। उनले भने, “यो सफलता हाम्रा समर्पित तथा कर्तव्यनिष्ठ शिक्षक–शिक्षिका, मेहनती तथा अनुशासित विद्यार्थीहरू, साथै विद्यालयप्रति अटल विश्वास, माया र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू एवं शुभेच्छुकहरूको संयुक्त योगदानको प्रतिफल हो।”

उनले विद्यालयले शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी सभ्यता, संस्कार र चरित्र निर्माणको मूल आधारका रूपमा आत्मसात् गर्दै आएको पनि बताए। “हामी नैतिक मूल्य, अनुशासन तथा समग्र व्यक्तित्व विकासमा केन्द्रित छौँ,” उनले भने, “भविष्यका सक्षम, जिम्मेवार तथा योग्य नागरिक निर्माणमा विद्यालय सधैं प्रतिबद्ध रहनेछ।”

विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने लक्ष्यसमेत अघि सारेको छ।

कलेन्द्र शाही प्रबन्ध निर्देशक रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले छोटो समयमै धनगढीमा आफ्नो पृथक परिचय बनाइसकेको छ । पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले आउँदै गरेको नयाँ शैक्षिक सत्र २०८३ बाट कक्षा ९ को पनि पठनपाठन सुरु गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply