You are currently viewing धनगढीभरी हट मम किंग उपभोक्ताहरुको पहिलो रोजाई,यस्ता छन विशेषताहरु

धनगढीभरी हट मम किंग उपभोक्ताहरुको पहिलो रोजाई,यस्ता छन विशेषताहरु

पछिल्लो समय धनगढीको हट मम किंग असाध्यै लोकप्रिय बनेको छ । स्थापनाको एक दशक पार गरेको हट मम किंग उपभोक्ताको पहिलो रोजाइ बन्दै गैरहेको हो । २०७० साल आसपासमा धनगढी उपमहानगरपालिका वडा न.१ हसनपुर पुरानो एएरपोर्ट क्षेत्रमा स्थापना भएको हट मम किंगले धनगढीबासीमाझ आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । आजभोली विद्यार्थी,कर्मचारी लगायत सर्वसाधारण पनि यस हट मम किंगको मम खान लालायित हुन्छ । अर्गानिक मसालाको प्रयोग,तुरुन्तै मम तयार गरेर दिने व्यवस्था,हाइजिनिकलाई विशेष ध्यानमा राखिने,मिठो आतिथ्यता र मुखै रसाउने चट्नीका कारण हट मम किंगमा उपभोक्ताको घुइचो हुने गरेको छ । मुख्य शाखा हसनपुरको समर्पण पुस्तक पसलसँगै रहेको हट मम किंगको हाल धनगढीमा थप दुई शाखा पनि सञ्चालनमा आएका छन । एउटा शाखा धनगढी बुद्धचोकमा रहेको छ भने अर्को शाखा रातोपुल नवजिवन अस्पतालसँगै रहेको छ ।

हाल धनगढी १ पशुपति टोलमा चलिरहेको १९औं संस्करणको सुदूरपश्चिम महोत्सवमा पनि हट मम किंगले स्टल राखेको छ । त्यहाँपनि मम पारिखीको घुँइचो लाग्ने गरेको छ । लामो समय हट मम किंगको सञ्चालकको रुपमा रुपक मल्ल सकृय देखिएपनि अहिले उनका छोरा सौनक मल्लले हट मम किंगको व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन । हट मम किंगले धनगढीबासीलाई स्वादिष्ट मम मात्रै खुवाएको छैन २० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी पनि दिएको छ । अहिले हट मम किंगमा मम खान धनगढीबासी मात्रै होइन छिमकी शहर अत्तरीया,फुलबारी पुनर्वास र छिमेकीमूलक भारतको पलियाबाट पनि ममपारखीहरु आउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply