You are currently viewing नेदरल्याण्ड्स विरुद्ध सन्दीपलाई पहिलो ओभरमै सफलता /@SandeepLamichhane /@NPLvsNED
File Photo

नेदरल्याण्ड्स विरुद्ध सन्दीपलाई पहिलो ओभरमै सफलता /@SandeepLamichhane /@NPLvsNED

जेठ २१,धनगढी : आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले आफ्नो पहिलो ओभरको चौथो बलमा विक्रमजित सिंहलाई ३८ रनमा आउट गरे । योसँगै सन्दीपले सिंह र कप्तान स्कट एड्वार्डसको ७२ रनको साझेदारी तोडे । संदिपले पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पनि एक विकेट लिएका थिए ।

File photo

टस हारेर फिल्डिङको निम्तो पाएको नेपाललाई पहिलो र दोस्रो सफलता क्रमशः सोमपाल कामी र करण केसीले दिलाए । नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा करणले ४.५ ओभरमा म्याक्स ओ’दाउदलाई चार रनमा बोल्ड गरे ।

यस्तै, सोमपालले २.२ ओभरमा डच टिमका आक्रामक ब्याटर माइकल लेभिटलाई एक रनमै पवेलियन फर्काए । उनले लेभिटलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै आउट गरेका हुन् ।नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नेदरल्याण्ड्सविरुद्ध रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई मौका दिएको हो ।

ओडिआईमा नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म पाँच खेल भएका छन्, जसमा नेदरल्याण्ड्स तीन तथा नेपाल दुईपटक विजयी भएको छ ।सन् २०२७ सम्म चल्ने लिग–२ प्रतियोगिता विश्वकप छनोटसँग जोडिएको छ । शीर्ष ४ मा पर्ने टोली ग्लोबल छनोटमा सिधै पुग्नेछन्, पुछारका चार टोली भने प्लेअफ खेल्न बाध्य हुनेछन् ।

हाल नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ । नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहेको छ । ताजा अवस्थामा २४.२ ओभरको खेल सकिदा नेदरल्यन्ड्सले ३ विकेट गुमाएर १०१ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply