You are currently viewing नेपाल पुलिस क्लब विरुद्ध सुदूरपश्चिम प्रदेशको ऐतिहासिक जीत,नारायण जोशी बने नायक

नेपाल पुलिस क्लब विरुद्ध सुदूरपश्चिम प्रदेशको ऐतिहासिक जीत,नारायण जोशी बने नायक

प्रधानमन्त्री कपको लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लब विरुद्ध ऐतिहासिक पहिलो जित दर्ता गरेको छ। केहिबेर अगाडी सकिएको खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस क्लब ३५.१ ओभरमा १३५ रनमै समेटियो ।

सुदूरपश्चिमको जितमा अलराउण्डर नारायण जोशी नायक बने । जोशीले ब्याटिङतर्फ ८२ रनको शानदार इनिङ खेले भने बलिङतर्फ एक विकेट सफल भए । उनी उक्त खेलको म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै कप्तान शेर मल्ल र हेमन्त धामीले समान तीन तीन विकेट लिए । ९ खेलमा छैठौं जितसँगै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा यथावत रहेको छ भने आर्मी ७ खेलमा १३ अंकका साथ पहिलो स्थानमा कायमै छ । आजको जीतसँगै सुदूरपश्चिमले फाइनल खेल्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply